सर्वाेच्च अदालतकाे संवैधानिक इजलास आज नबस्ने भएको छ। पूर्व न्यायाधीश इन्द्रराज पाण्डेको निधनमा समवेदना प्रकट गर्न आज नबस्ने भएको हो।
साेमबारकाे इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पाण्डेको निधनमा भोलि एक दिन अदालत बन्द रहने जानकारी गराएका हुन्।
न्यायाधीश पाण्डेको ९० वर्षकाे उमेरमा साेमबार विहान निधन भएको थिए।मंगलबार अदालत बन्द रहने भएपछि कामकाज प्रभावित हुने भएको छ ।
प्रतिनिधिसभा विघटनको विरुद्ध परेको मुद्दामा बुधवारबाट बहस जारी रहनेछ ।