नेपालमा आजदेखि दोस्रो चरणको कोरोनाविरूद्धको खोप अभियान सुरू भएकाे छ ।
दोस्रो चरणमा सरकारले पत्रकार र कूटनीतिज्ञ तथा कुटनीतिक नियोगका कर्मचारीहरुलाई लगाउन थालिएकाे छ
महाराजगञ्ज शिक्षण अस्पताल, गंगालाल हृदय केन्द्र, पाटन अस्पताल र सिभिल अस्पतालबाट क्रमशः कूटनीतिक नियोगका कर्मचारी, संयुक्त राष्ट्र संघका कर्मचारी र पत्रकारहरुलाई खोप लगाउने व्यवस्था मिलाइएको छ ।
खोप लगाउन पत्रकारले आफ्नो परिचय पत्र खुल्ने गरी सूचना विभागको प्रेस पास लिएर जानुपर्ने हुन्छ । देशभर करिब १३ हजार पत्रकार छन् ।उपत्यकाका चारवटा अस्पतालबाट कूटनीतिक नियोग र संयुक्त राष्ट्र संघका कर्मचारी र पत्रकारसहित भण्डै १९ हजारलाई कोरोना खोप दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।
स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालकसहित अग्रपंक्तिमा कार्यरत ४ लाख ३० हजार जनालाई लक्षित गरि माघ १४ मा नेपालमा कोरोना खोप अभियान सुरू भएको थियो ।