काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ स्थित नयाँपाटीमा आमाछोरी मृत अवस्थामा फेला परेका छन् ।
आएकी सिन्धुपाल्चोकको जुगल गाउँपालिका घर भएकी २७ वर्षीया पेम्बी शेर्पा र उनकी एक महिनाकी छोरी मृत अवस्थामा फेला परेको र उनकी श्रीमान ३२ वर्षीय दोर्जे शेर्पा भने अचेत अवस्थामा फेला परेको डीएसपी कार्कीले बताए ।दुवै जनाको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज पठाइएकाे छ ।
अचेत अवस्थामा फेला परेका दोर्जेकाे नेपाल मेडिकल कलेजमा उपचार भइरहेकाे छ । राति सुत्दा हिटर बालेर सुतेका कारण निस्सासिएर उनीहरुको मृत्यु भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।
घटनाको प्रारम्भिक अवस्था हेर्दा उनीहरुको निस्सासिएर मृत्यु भएको हुन सक्छ । तर पनि यही कारणले मृत्यु भएको हो भनेर भन्न सक्ने अवस्था नभएकाे प्रहरीले जनाएकाे छ ।किरान पसल सञ्चालन गर्दै आएका शेर्पा परिवार बिहान अबेरसम्म पनि नउठेपछि स्थानीयले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।