सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिडको संक्रमण अझ फैलन सक्ने भएकाले थप सजग हुँदै तयारी बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्।
कोका—कोला र नेपाल रेडक्रस सोसाइटीको साझेदारी अन्तर्गत कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, विरामी र स्वयंसेवकहरुको सुरक्षा अभिबृद्धिको लागि सेती प्रादेशिक अस्पताल धनगढीलाई सुरक्षा सामग्री तथा उपकरण हस्तान्तरण गर्दै उनले यस्तो बताएका हुन्।
सेती प्रदेश अस्पतालका मेडिकल सुपरीटेडेन्ट डा. हेमराज पाण्डेलाई मुख्यमन्त्री भट्टले ती सामग्री हस्तान्तरण गरेका हुन्। त्यसक्रममा उनले भने “रेडक्रसले सरकारको सहयोगीको कार्य गर्दैछ र निश्पक्षतालाई ध्यान दिदै थप सहयोग गर्न रेडक्रस लगायतको सँस्थालाई अनुरोध गर्दछु। ”
हस्तान्तरण गरिएका सामग्रीमा रु. १६ लाख ३२ हजार आठसय पचास मूल्यको आइसीयूमा प्रयोग हुने एक भेन्टिलेटरका साथै ६ हजार सर्जिकल मास्क, २५०० जोडी सर्जिकल पन्जा, ५० थान सुरक्षा पोशाक, केएन ९५ मास्क २०० थान र २५ थान सुरक्षा चस्मा रहेको रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दि