Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Sunday, January 24, 2021 | आइतबार, माघ ११, २०७७
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
समाज
  • गृहपृष्ठ
  • समाज
बेवारिसे शवलाई दागबत्ती दिएर सेवा गरेकी हुँ, मरेको आत्माले शान्ति पाए मलाई पुग्छ”
स्पेसखबर
स्पेसखबर म्याग्दी,१० मंसिर
बेवारिसे शवलाई दागबत्ती दिएर सेवा गरेकी हुँ, मरेको आत्माले शान्ति पाए मलाई पुग्छ”
फाइल तस्बिर ।
चार वर्षअघि सुन्दर भविष्यको खोजीमा सदरमुकाम बेनी आएकी सपना रोका सही निर्णय लिन नसक्दा सडकमा पुगिन् । कक्षा ११ पढ्दा भागी विवाह गरेर बुटवल पुगेकी सपनाको वैवाहिक जीवन तीन महिना पनि टिक्न नसकेपछि घर न घाटको भएर तीन महिना सडकमा बिताउनुपर्यो । खान पुग्दो घर र अभिभावकको साथ छाडेर बरालिएकी सपनाले थुप्रै रात भोकभोकै बिताइन् ।
 
आत्मविश्वासका साथ गलत सङ्गत र दुव्र्यसनीको दलदलबाट निस्किएपछि १८ वर्षीया सपनाले शुरु गरेको बेवारिसे शव व्यवस्थापन गर्ने कामले उनलाई विश्वकै प्रभावशाली १०० महिला बनाएको छ । बेलायतको ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशन (बिबीसी)ले संसारका १०० जना प्रभावशाली महिलाको सूचीमा राखेपछि सपनालाई ‘सपना’ जस्तै लागेको छ । बिबीसीले सन् २०१३ देखि विश्वभरका १०० प्रभावशाली र प्रेरणादायी महिलाको सूची सार्वजनिक गर्दै आएको छ ।
 
यस वर्ष सपनासहित फिनल्याडकी प्रधानमन्त्री सान्ना मरिन, कोलम्बियाकी मेयर क्लाउडिया लोपेज, पाकिस्तानी अभिनेत्री माहिरा खान, बेलायती कवि ज्याकी के, वैज्ञानिक सारा गिल्बर्ट, अमेरिकी गायिका किरण गान्धी, चिनियाँ लेखक फाङलगायत १०० जनाको सूची मङ्गलबार सार्वजनिक गरेको हो ।
 
सपनाले काठमाडौँमा अलपत्र अवस्थामा भेटिएका बेवारिसे शवको दाहसंस्कार गर्दै आएकी छिन् । बेवारिसे शव अस्पताल लगेर परीक्षण गर्नेदेखि पशुपति आर्यघाटमा लगेर संस्कारअनुसार अन्त्येष्टि गराउने काममा सपना खटिएकी छिन् । उनले हालसम्म करिब ३०० बेवारिसे शवको व्यवस्थापन गरिसकेकी छिन् ।
 
“विश्वमा थुप्रै मानिस घरबारविहीन छन् । सडकमै मृत्यु भएकाहरुको उचित अन्तिम संस्कार हुनुपर्छ”, सपनाले भनिन्, “मैले यो काम समाजसेवाका लागि होइन, आत्मशान्तिका लागि गर्दै आएकी हूँ ।” बिबीसीले प्रभावशाली महिलाको सूचीमा राखेपछि आभार प्रकट गर्दै रोकाले सामाजिक कार्यमा हौसला थपिएको प्रतिक्रिया दिइन् । सपनाले गाउँ र देशको नाम राखेको भन्दै स्थानीयवासीमा खुशीयाली छाएको स्थानीय कलाधर कँडेलले बताउनुभयो ।
 
अठार वर्षीय रोकाको घर मङ्गला गाउँपालिका–४ बुकेनी हो । रोकाले विसं २०७३ मा बरङ्जाको महेन्द्ररत्न माविबाट एसइई उत्तीर्ण गरिन् । कक्षा ११ पढ्न बेनी झरेकी उनी भागी विवाह गरेर बुटवल पुगेकी थिइन् । वैवाहिक जीवन असफल र परिवारबाट टाढिएपछि उनको मनमा आत्महत्याको सोच पनि आउँथ्यो । जीवन अन्त्य नभएर सङ्घर्ष भन्ने धारणाले जीवनमा ‘युटर्न’ भएको रोका बताउँछिन् ।
 
भिनाजुको सहयोगमा बुटवलबाट म्याग्दी आएपछि सपनाले अध्ययनलाई निरन्तरता दिइन् । पोखरामा बसेर कक्षा १२ को पढाइलाई पूर्णता दिने क्रममा भेटिएकी सलिना बस्नेतसँगको मित्रताले सपनाको यात्रा समाजसेवातर्फ मोडियो । काठमाडौँमा बेवारिसे शव व्यवस्थापन गर्दै आएको एक्सन फर सोसियल चेञ्जका अध्यक्ष विनयजङ्ग बस्नेतसँग सलिनाको माध्यमबाट चिनजान भयो ।
 
सलिनाकी बुवा विनयलाई सपनाले कर्मबुवा मान्छिन् । बस्नेतलाई साथ दिँदै सपनाले एक वर्षयता पशुपति आर्यघाटमा बेवारिसे शवको व्यवस्थापन र दाहसंस्कार गर्छिन् । काठमाडौँका विभिन्न स्थानमा बेवारिसे शव भेटिएपछि दाहसंस्कार गर्नका लागि सपनालाई सम्पर्क गर्छन् । कानूनी प्रक्रिया पूरा गरेपछि उनीले आर्यघाटमा दागबत्ती दिने र दाहसंस्कार गर्छिन् । सपना काठमाडौँका अस्पतालमा बेसहाराको अभिभावकको रूपमा चिनिन्छिन् ।
 
“कुनै समय म पनि सडकमै थिएँ, सडकको अनुभव मलाई पनि छ”, सपनाले भनिन्, “बेवारिसे शवलाई दागबत्ती दिएर सेवा गरेकी हुँ, मरेको आत्माले शान्ति पाए मलाई पुग्छ ।” आर्यघाटमा अरु शवको दाहसंस्कार गर्दा मलामी र आफन्त हुन्छन् । सपनाले दाहसंस्कार गर्ने ठाउँ सुनसान हुन्छ । एकै दिनमा छ वटासम्म शवको दाहसंस्कार गरेको उनी बताउँछिन् । अभिभावकको इच्छाअनुसार पढाइलाई निरन्तरतासँगै सडकमा बेवारिसे मानिसको सेवा गर्ने सपनाको योजना छ ।रासस
प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७, १०:२७:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • मुख्यमन्त्री शेर्पाले मोडलसँग गरे बिबाह
  • कानुन व्यवसायीलाई होच्याउने अभिव्यक्ति: सत्तापक्षको निर्लज्ज प्रहार भएकोले प्रधानमन्त्रीले माफी माग्नुपर्ने बारका पूर्बअध्यक्षहरुको ठहर
  • 'अहिलेको कदमको विरोध गर्नेहरू संसदलाई पाँच वर्षे जागिर ठान्नेहरु नै हुन्'
  • सातै प्रदेशमा काेराेना विरुद्धको खोप लगियाे
  • हिमालमा हिउँ छैन, अन्नपूर्ण लगायतका सेता हिमाल काला हुँदै
  • बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुललाई गिनिज बुकमा दर्ता गर्ने तयारी
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
सातै प्रदेशमा काेराेना विरुद्धको खोप लगियाे
सातै प्रदेशमा काेराेना विरुद्धको खोप लगियाे
हिमालमा हिउँ छैन, अन्नपूर्ण लगायतका सेता हिमाल काला हुँदै
हिमालमा हिउँ छैन, अन्नपूर्ण लगायतका सेता हिमाल काला हुँदै
बागलुङ र पर्वत जोड्ने  लामो झोलुङ्गे पुललाई गिनिज बुकमा दर्ता गर्ने तयारी
बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुललाई गिनिज बुकमा दर्ता गर्ने तयारी
कोरोना भाइरसका कारण विदेशमा थप नौ जना नेपालीको मृत्युःगैरआवासीय नेपाली सङ्घ
कोरोना भाइरसका कारण विदेशमा थप नौ जना नेपालीको मृत्युःगैरआवासीय नेपाली सङ्घ
महिनौँदेखि मलेशियामा अलपत्र  १८ नेपालीको शव ल्याइयाे
महिनौँदेखि मलेशियामा अलपत्र १८ नेपालीको शव ल्याइयाे
एमबिबिएस शुल्क आठ लाख बढाउन गरिएकाे सिफारिस राेक्न प्रधानमन्त्रीकाे निर्देशन
एमबिबिएस शुल्क आठ लाख बढाउन गरिएकाे सिफारिस राेक्न प्रधानमन्त्रीकाे निर्देशन
  • ताजा समाचार
  • ट्रेण्डिङ
मुख्यमन्त्री शेर्पाले मोडलसँग गरे बिबाह
मुख्यमन्त्री शेर्पाले मोडलसँग गरे बिबाह
कानुन व्यवसायीलाई होच्याउने अभिव्यक्ति:  सत्तापक्षको निर्लज्ज प्रहार भएकोले प्रधानमन्त्रीले माफी माग्नुपर्ने बारका पूर्बअध्यक्षहरुको ठहर
कानुन व्यवसायीलाई होच्याउने अभिव्यक्ति: सत्तापक्षको निर्लज्ज प्रहार भएकोले प्रधानमन्त्रीले माफी माग्नुपर्ने बारका पूर्बअध्यक्षहरुको ठहर
'अहिलेको कदमको विरोध गर्नेहरू संसदलाई पाँच वर्षे जागिर ठान्नेहरु नै हुन्'
'अहिलेको कदमको विरोध गर्नेहरू संसदलाई पाँच वर्षे जागिर ठान्नेहरु नै हुन्'
सातै प्रदेशमा काेराेना विरुद्धको खोप लगियाे
सातै प्रदेशमा काेराेना विरुद्धको खोप लगियाे
हिमालमा हिउँ छैन, अन्नपूर्ण लगायतका सेता हिमाल काला हुँदै
हिमालमा हिउँ छैन, अन्नपूर्ण लगायतका सेता हिमाल काला हुँदै
बागलुङ र पर्वत जोड्ने  लामो झोलुङ्गे पुललाई गिनिज बुकमा दर्ता गर्ने तयारी
बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुललाई गिनिज बुकमा दर्ता गर्ने तयारी
राजपत्रको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वाेच्चमा निवेदन
राजपत्रको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वाेच्चमा निवेदन
अन्नपूर्ण सुगर मिलका सञ्चालक अग्रवाल सम्पर्क विहीन :उखु किसानले पैसा पाएनन्
अन्नपूर्ण सुगर मिलका सञ्चालक अग्रवाल सम्पर्क विहीन :उखु किसानले पैसा पाएनन्
रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द 1
रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द
संसद बिघटन गरेर ओली राजतन्त्र फर्काउन खोज्दैछन्ः प्रचण्ड 2
संसद बिघटन गरेर ओली राजतन्त्र फर्काउन खोज्दैछन्ः प्रचण्ड
प्रधानमन्त्री कि संसदमा फर्केर आउनुपर्छ कि हराउनुपर्छ  भन्दा प्रधानन्यायाधीशले भने, 'यस्तो उदाहरणमा नजाऔँ ' 3
प्रधानमन्त्री कि संसदमा फर्केर आउनुपर्छ कि हराउनुपर्छ भन्दा प्रधानन्यायाधीशले भने, 'यस्तो उदाहरणमा नजाऔँ '
'देशले खाेजेकाे अभिभावकीय जिम्मेवारी अब कांग्रेसले निर्वाह गर्न सक्नुपर्छ' 4
'देशले खाेजेकाे अभिभावकीय जिम्मेवारी अब कांग्रेसले निर्वाह गर्न सक्नुपर्छ'
राजा फाल्न जसरी नै संसद पुनःस्थापनाको लागि पनि एक ढिक्का  हुनुपर्छ : चित्रबहादुर केसी 5
राजा फाल्न जसरी नै संसद पुनःस्थापनाको लागि पनि एक ढिक्का हुनुपर्छ : चित्रबहादुर केसी
सूचना - प्रविधि थप
कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी
इन्टरनेट नचले पैसा मिनाहा !
क्यान इन्फोटेक फागुन २ गतेदेखि
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2021 All rights reserved. Site by: SoftNEP