कोरोना संक्रमणबाट बिराटनगरमा थप चार जनाको मृत्यु भएको छ । नोबेल मेडिकल कलेजमा दुई जना, कोशी अस्पताल र न्यूरो अस्पतालमा एक–एक जनाको मृत्यु भएको हो । मृतकमध्ये एकजना अस्पताल सञ्चालक हुन् ।
न्युरो अस्पतालको कोभिड अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएका मोरङ पथरीशनिश्चरे नगरपालिका–१ का ५३ वर्षीय पुरुष पथरीमा सञ्चालित मोरङ हस्पिटल प्रा.लि.का सञ्चालक हुन् । मृतकहरू सबै ५० वर्ष भन्दा माथिका रहेका छन् । उनीहरू कुनै न कुनै राेगबाट ग्रसित हुँदै अाएका थिए ।