जाजरकोटमा बुधबार भएको जीप दुर्घटनामा परी वडाध्यक्षसहित ५ जनाको मृत्यु भएको छ।
जुनीचाँदे गाउँपालिका वडा नम्बर १ औलखोला नजिक भएको जीप दुर्घटनामा परी वडा नं ११ का वडाध्यक्षसहित ५ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा जुनीचाँदे–१ का अन्दाजी ६५ वर्षीय बुद्धिबहादुर शाही, जुनीचाँदे गाउँपालिका–५ की मालिका बस्नेत, वडा ११ वडाअध्यक्ष अम्मर बहादुर शाही र ३० वर्षीय खिम बहादुर शाही रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
जाजरकोट सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिकातर्फ जाँदै गरेको भे १ ज ९३५ नम्बरको जीप बुधबार दिउँसो सडकबाट करिब ५०० मिटर तल खसेको थियो।
घटनाबारे प्रहरीले थप खोजी गरिरहेको बताइएको छ।