लोकसेवा आयोगले कोरोना भाइरसका कारणले स्थगित परीक्षा सञ्चालन गर्ने भएको छ ।
आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरी परीक्षा सञ्चालनका लागि शाखा अधिकृत र नायब सुब्बाको परीक्षाको कार्यतालिका सार्वजनिक गरिएको जानकारी दिए।
आयोगले न्याय आगामी कात्तिक १८ देखि र प्रशासनतर्फ दोस्रो चरणको परीक्षा कात्तिक २३ गतेदेखि सञ्चालन हुने गरी परीक्षा कार्यतालिका सार्वजनिक गरेको छ ।
यस्तै नासुसरहका दोस्रो चरणको परीक्षा आागामी मङ्सिर ७ गतेदेखि सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ । आयोगले कोभिड –१९ का कारणले गत चैत ११ गतेदेखि यताका सबै लिखित परीक्षा स्थगन गरेको थियो ।