वीरगन्जमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । उनीहरूकाे नारायणी अस्पताल र वीरगन्जको नगवामा नेसनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएकाे हाे । । मृत्यु हुनेमा पर्साका दुई तथा बारा र रौतहटका एक/एक जना छन् ।
तीन संक्रमितको आइतबार र एक जनाको शनिबार उपचार क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । याेसँगै काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ४ सय १५ पुगेकाे छ।