पछिल्लो २४ घण्टामा १२०४ जनामा कोरोना पुष्टि भएको छ । १० हजार ३३३ जनाकाे नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र १४४७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ७११ जना संक्रमित थपिएका छन् ।यस्तै बाराका १११ जना, नवलपुरका ४५, मोरङका ३३, दाङका २८, सुनसरीका २३, दार्चुलाका २१, बाँकेका २०, सप्तरीका १९, मकवानपुरका १८, सर्लाहीका १५, काभ्रेका १४ तथा धादिङ र कास्कीका १३/१३ जनामा संक्रमण पुष्टि भएको छ ।
रामेछापका ९ जना, सिराहा र कैलालीका ८/८ जना, चितवन र सिन्धुपाल्चोकका ७/७ जना, झापा र पर्साका ६/६ जना, दोलखा, तनहुँ र लमजुङका ५/५ जना, नुवाकोट, सिन्धुपाल्चोक, गोरखा र बर्दियाका ४/४ जना, ओखलढुंगा, स्याङ्जा, अर्घाखाँची, कपिलवस्तु, सुर्खेत, डडेलधुरा र बैतडीका ३/३ जना, धनुषा, रौतहट, पर्वत, पाल्पा, दैलेख र कञ्चनपुरका २/२ जना तथा खोटाङ, महोत्तरी, नवलपरासी, प्युठान र रुपन्देहीका १/१ जनामा संक्रमण देखिएको छ ।
पछिल्लाे २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।याेसँगै काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४०१ पुगेकाे छ ।