काठमाडौंको कागेश्वरी मनोहरा नगरपालीकाकाे एक घरमा अाज विहान ग्यास सिलिण्डर विष्फाेट भएको छ ।
कागेश्वरी मनोहरा–९, महाङ्टारस्थित घरमा भएकाे विष्फाेटमा स्थानीय ४८ वर्षीया मिरा जाेशी घाइते भएका छन् । घाइतेको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले विष्फाेटकाे बारेमा अनुसन्धान भइरहेकाे बताए ।