काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाइने भएको छ। गृह मन्त्रालयका अधिकारीहरुसँगको छलफलपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले नयाँ आदेश जारी गर्दै निषेधाज्ञा केही खुकुलो गर्ने निर्णय गरेका हुन्।
गृह स्रोतका अनुसार भोलिदेखि सवारी साधनहरु जोर र विजोर नम्बरका आधारमा सञ्चालन हुनेछन्। निजी सबै र सार्वजनिकको हकमा १६ भन्दाबढी सिट भएका सवारी साधन जोर विजोर प्रणालीमा चल्नेछन्।