जिल्लाको शुद्धोधन गाँउपालिकाको लबनी चौराहामा मास्क नलागाई हिड्नेलाई कारवाही गर्न खोज्दा प्रहरीमाथि हातपात भएको छ।
स्थानीयलाई मास्क लगाउन आग्रह गर्दा प्रहरी चौकी लबनीमा कार्यरत ६ जना प्रहरीमाथि हातपात भाएको जिल्ला प्रहरी कार्यालय कपिलस्तुका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए।
घाइतेमध्ये ३ जनालाई थप उपचारको लागि भैरहवा पठाइएको नायब उपरीक्षक मल्लले बताए। बाँकी ३ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको उनले जानकारी दिए।
कोरोना भाईरसको उच्च जोखिम बढेपछि गृह मन्त्रालय र स्थानीय प्रशासनको निर्देशनपछि प्रहरीले मास्क नलगाउनेलाई कारबाही गर्ने अभियान जारी राखेको हो।
घटनापछि लवनीमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। आरोपीको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक मल्लले बताए।