१२ बुँदे सम्झाैतापछि ‘इनफ इज इनफ’ अभियन्ता ईः ले अनशन तोडेका छन् ।
कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले गरेको खर्च विवरण निष्पक्ष नभएको भन्दै सत्याग्रहमा बसेका उनले २३ औं दिनमा मण्डिखाटारस्थित हृयाम्स अस्पतालमा अनशन तोडेका हुन् ।
स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना भएका ईः ले अस्पतालबाटै अनशनलाइनलाई निरन्तरता दिएका थिए ।कोभिड-१९ को प्रभावकारी व्यवस्थापनको माग गर्दै ईः दोस्रो पटक अनशन बसेका थिए ।उनले सम्झौता आफूहरुले खोजेजस्तो चाहिँ नभएको प्रतिक्रिया दिएका छन्।