वीरगन्जका मेयर विजयकुमार सरावगीको परिवारका दुई सदस्यसहित थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएकाे हाे ।
अस्पतालका अनुसार संक्रमित हुनेकाे उमेर ५ वर्षदेखि ६२ वर्ष उमेर समूहका छन् । गत बिहीबार काठमाडौँमा मेयर सरावगीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।उनी अहिले काठमाडाैंमै अाइसाेलेसनमा छन् ।
पछिल्लाे समय पर्सा जिल्ला काेराेनाकाे हट स्पट बन्दै गएकाे छ । त्यहा दिनप्रतिदिन संक्रमित थपिदै गएकाे छ ।