पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५ जनामा कोरोना संक्रमण देखिएको छ। काठमाडौं जिल्लामा १४ र भक्तपुरमा १ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको हो।
यसअघि मंगलबार काठमाडौं उपत्यकामा ५३ जनामा कोरोना संक्रमण देखिएको थियो। मन्त्रालयका अनुसार बुधबार देशभर २१० जनामा कोरोना संक्रमण देखिएको छ।