केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएका काठमाडौंको गोकर्णका एक जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।
२५ असारमा मृत्यु भएका गोकर्णका ५४ वर्षीय पुरुषको २६ असारमा पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३६ पुगेको छ।
मिर्गौलाको बिरामी ती पुरुषको स्वास्थ्यमा समस्या आएपछि १९ असारमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो। तर, शिक्षण अस्पतालको आइसीयू खाली नभएपछि उनलाई केएमसी रिफर गरिएको थियो। केएमसीको भेन्टिलेटरमा राखेर उनको उपचार गरिएको थियो ।