बिहिबारदेखि परेको बर्षाका कारण म्याग्दीको पहिरोमा हराइरहेकामध्ये १२ जनाको शव भेटिएको छ।
म्याग्दी प्रहरी प्रमुख डीएसपी किरणजङ कुँवरका अनुसार छधवलागिरि गाउँपालिका ६ मराङमा एक बालकसहित ९ जनाको शव भेटिएको छ। धवलागिरि गाउँपालिका ७ ताकमका पहिरोमा परी ज्यान गुमाएका २ र रघुगंगा गाउँपालिकाको डाडाखानीमा खोलाले बगाएको एक जनाको शव शुक्रबार नै फेला परेको थियो।
पहिरोमा परी २३ जना अझै बेपत्ता छन्। बेपत्ता हुनेमा धवलागिरि ६ मराङका १४ जना र मालिका गाउँपालिका ७ बिमका ९ जना छन्।