नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक सवारी नचलाउने निर्णय गरेको छ ।
महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी पाँचबुँदे माग अघि सार्दै यथास्थितिमा यातायात सञ्चालन गर्न नसक्ने बताएकाे हाे ।
सरकारसँग राखिएका विभिन्न सर्तहरु पूरा नभएकाले यातायात नचलाउने निर्णय गरिएको महासंका महासचिव सरोज सिटौलाले जानकारी दिए ।
बैंकको ऋण किस्ताको पुनर्तालिकीकरण, ब्याजदरमा सहुलियत, पुनर्कर्जाको व्यवस्थालगायत माग यातायात व्यवसायीले अघि सारेका छन् ।
महासंघले हाल सबैजसो गाडीको कागजपत्रको म्याद सकिएको भन्दै त्यसको सरल नवीकरणकाे व्यवस्था गर्न पनि माग गरेको छ।
सरकारले हिजाे मात्रै सुरक्षाका उपाय अपनाउँदै छाेटाे दूरीकाे यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।