विगत २४ घन्टामा २०४ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले साे जानकारी गराएका हुन् ।
काठमाडौं उपत्यकामा मात्रै २८ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि सोमबार काठमाडौं उपत्यकामा ५४ जनामा कोरोना संक्रमण देखिएको थियो ।