खोकनावासी र प्रहरीबीच शनिबार दिउँसो झडप भएको छ । झडपमा परी ४ जना प्रहरी घाइते भएका छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि ७ राउन्ड अश्रु ग्यास समेत प्रहार गरेको छ ।
सरकारले (फास्ट ट्रयाक) का लागि अघिग्रहण गरेकाे जग्गामा स्थानीयवासीले राखेकाे संयुक्त राेपाइँ कार्यक्रमलाइ प्रहरीले अवराेध गर्न खाेजेपछि झडप भएकाे थियाे ।सो क्षेत्रको जग्गा अधिग्रहण गरिए पनि स्थानीयले भने मुआब्जा लिइसकेका छैनन् ।
पछिल्लो समय अधिग्रहणका लागि सूचना निकालेको थियाे।झडपपछि स्थानीयले पुनः धान रोपेका छन् । यस स्थानलाइ काठमाडौं–तराई जोड्ने द्रुतमार्ग (फास्ट ट्रयाक) को जिरो किलोमिटर मानिन्छ।