कोरोना भाइरस संक्रमणकाबाट काठमाडौंमा एक वृद्धको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बानेश्वरका ८५ वर्षका पुरुषको असार १७ गते काठमाडौंको एक निजी अस्पतालमा मृत्यु भएको हो ।मृत्यु भएका ती वृद्ध उच्च रक्तचाप र पार्किन्सनको बिरामी थिए ।
अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेका बेला उनको मृत्यु भएको हाे ।योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।