कोरोना संक्रमणका कारण ४५ दिनको शिशुका मृत्यु भएको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा दुई सातअघि भर्ना गरिएका म्याग्दीका शिशुको बुधबार साँझ मृत्यु भएको हो। जन्मजात स्वासप्रस्वासको समस्या रहेका शिशुमा केही दिन अघिमात्र कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
मृतक शिशुका आमा, बुबा र फुपुको नमुना संकलन गरी परीक्षणको काम भइरहेको अस्पतालले जनाएको छ।
यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ।