काठमाडौं उपत्यकामा बुधबार १७ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना भक्तपुरमा २ जनामा कोरोना संक्रमण देखिएको हो ।
यसैबीच, नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले थप ४ सय ८२ जनामा कोरोना संक्रमण देखिएको जनाए ।
उनले नयाँ ४ सय ८२ सहित संक्रमितको संख्या १४ हजार ४६ पुगेको बताए ।बुधबार थपिएका संक्रमितहरुमध्ये ११७ जना महिला र ३६५ जना पुरुष छन् ।