बाजुराको खप्तड छेडेदह गाउँपालिका ७ स्थित मष्टा आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका ६५ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।
जेठमा भारतबाट आएका उनको अाज बिहान मृत्यु भएको वडा नम्बर ७ का अध्यक्ष खगेन्द्र रावतले जानकारी दिए । उनी दमको बिरामी रहेको बुझिएको छ ।
हिजो साँझ दम बढेको बताएपछि औषधिसमेत खुवाएका थियौ । उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर परीक्षणका लागि स्वाब संकलन गर्ने तयारी भइरहेको छ।