नेपालमा कोरोना संकमणबाट दशाैं व्यक्तिकाे मृत्यु भएकाे छ । पाल्पाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएसँगै मर्नेकाे संख्या १० पुगेकाे छ।
मृत्युपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो । काेराेनाकाे आंशका उनको शव व्यावस्थापन गरिएको थिएन ।
हिजाेमात्रै दाेलखाका एक वृद्धकाे मृत्यु भएकाे थियाे । केही साता यता नेपालमा काेराेना संक्रमितकाे संख्या बढ्दै गएकाे छ भने मर्नेकाे संख्या पनि थपिदैछ ।