दैलेखमा बिहिबार एकै दिन ११३ जनामा कोरोना पुष्टि भएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालामा भएको परीक्षणमा दैलेखका ११३ तथा मुगुका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमितमध्ये दैलेखको नारायण नगरपालिकाका ५ महिलासहित ७२ जना रहेका छन् । यस्तै देवलकाँडाका १२, सोताका ९, मानटाकुराका ७, भगनीका ५, नौमुलेका ५, साडुका २ र बासकोटमा १ जना रहेको प्रतिष्ठानले जनाएको छ ।
यसैगरी, मुगुका संक्रमित खत्याडका पुरुष रहेका छन्।