सुर्खेतस्थित जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर फर्केका एक युवकको मृत्यु भएको छ। पन्चपुरी नगरपालिका वडा नम्बर १ का १९ वर्षीय युवकको बिहीबार विहान घरमै मृत्यु भएको हो।
जेठ ७ गते भारतबाट आएका उनलाई जनता मावि विद्यापुरको क्वारेन्टिनमा राखिएको थियो।
सुउनको स्वाब संकलन गरेर सदरमुकाम वीरेन्द्रनगर पठाउने तयारी भइरहेको छ। जनता मावि विद्यापुरको क्वारेन्टाइनमा उनीसहित ५४ जना थिए।