डडेल्धुरामा क्वारेन्टिनमा बसेकी ३० वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको छ।
जेठ १८ गते भारतको नयाँ दिल्लीबाट गौरीफण्टा नाका हुँदै डडेल्धुरा फर्केर गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोटको क्वारेन्टिनमा बसेकी महिलाको राती १० बजे मृत्यु भएको हो।
क्वारेन्टिनमा उनी आफ्ना श्रीमान्, साढे दुई वर्ष छोरा र ५ महिनाकी छोरीसहित बस्दै आएकी थिइन्। क्वारेन्टिनमा ४० जना बस्दै आएका थिए।