कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकामा १० महिने बालकसहित ९ जना महिला र २३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।
यो सँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ३ सय ६५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ।
मंगलबार कपिलस्तुको शिवराज नगरपालिकामा ३ महिला सहित १५ जना, बाणगंगा नगरपालिकामा १ जना र महाराजगञ्ज नगरपालिकामा १ जना गरी १७ जनामा कोरोना पुष्टि भएको हो।
आज मात्रै कपिलवस्तुमा ४९ जनामा कोरोना संक्रमितको पुष्टि भएको हो।