प्रदेश २ मा आइतबार ६० जनामा कोरोना संक्रमित भेटिएका छन्। तीमध्ये रौतहटमा २९ जना, धनुषा २१ जना, सर्लाहीमा १० जना छन्।
रौतहटमा संक्रमति भएकामध्ये दूर्गा भगवती क्वारेन्टिनका ८ जना, मदरसा क्वारेन्टिनका १० र गौर क्वारेन्टिनका ११ जना छन्।
धनुषामा संक्रमति भएकाहरू मुखियापट्टी मुसहरनिया क्वारेन्टिनका ११ जना, गोपाल धर्मशालाको ९ जना र एकजना गणेशमान चारनाथ नगरपालिकाका छन्।
यसैगरी, सर्लाहीमा हरिपुर नगरपालिकाका ७ जना र ब्रह्मपुरी गाउँपालिका क्वारेन्टिनका तीनजना छन्।