शनिबार बिहान ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा कोरोना संक्रमतिको संख्या ५४८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुको बाँडगंगा नगरपालिकामा ८ जना नयाँ संक्रमित थपिएका छन्। १७, १९, २२, २९,३५, ४०, ४२ बर्षका पुरुष तथा २७ बर्षीया एक महिला संक्रमित भएकी छन्।
सर्लाहीको गोडैता कविलासी नगरपालिकामा १३ जना संक्रमित भएका छन् । जसमा १८, २० बर्षका तीन जना, २१, २२, २३, २६ बर्षका दुईजना, २८, ३३ र ३५ बर्षका दुईजना पुरुष रहेका छन्।
बाराको करैयामाई गाउँपालिकाका ३७ बर्षीया महिला, काठमाडौंका ३५ बर्षीय पुरुष र मन्त्रालयका अनुसार प्रादेशिक जनस्वाथ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकाका २० बर्षका दुईजना, २४ बर्षका दुईजना,२७, ३० बर्षका दुईजना र ५५ बर्षीय पुरुषमा संक्रमण देखिएको छ।
भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ५२ बर्षीय पुरुषमा संक्रमण देखिएको छ।