मृत्यु हुनेमा स्थानीय करिम शेखका अढाई वर्षीय छोराहरु नतिस र रेहान रहेको प्रहरीले जनाएको छ । उनीहरु जुम्ल्याहा हुन्।
विहिबार सांझ ५ बजे घर नजिकैको माछा पोखरीमा डुबेको अवस्थामा २ दाजु भाईको शव फेला परेको वडा अध्यक्ष रामगोपाल यादवले बताए। पोखरीमा तैरिएको अवस्थामा दुई भाईको शव देखेपछि स्थानीय बालबालिकाले मृतक शेखका परिवारलाई खबर गरेका थिए।
मृतक दुवै दाजु भाईको शव पोष्टमार्टमका लागि तौलिहवास्थित कपिलवस्तु अस्पतालमा ल्याइएको छ । ईस्लाम धर्मावलम्वीहरुको प्रमुख चाड ईद पर्व मनाउने तयारी गरेका परिवारजनमा दुई छोराको मृत्युको घटनाले परिवारजनमा ठूलो पीडा भएको छ।