नेपालमा काेराेना संक्रमितकाे पछिल्लाे अवस्था:
संक्रमित संख्या |
निकाे भएकाे |
मृत्यु संख्या |
कुल परीक्षण संख्या |
२९५ |
३६ |
२ |
९२,४४० |
विराटनगर र धनकुटामा कोरोना भाइरसका ३ जना संक्रमित भेटिएका छन्। मोरङ र धनकुटामा संक्रमित भेटिएको यो नै पहिलो पटक हो।
संक्रमितमध्ये विराटनगरका ३६ र २९ वर्षका छन् भने धनकुटाकी ३४ वर्षीया महिला रहेकी छन्।
उनीहरुको स्वाब नमुना परीक्षण गर्दा संक्रमण रहेको पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ।