नेपालमा काेराेना संक्रमितकाे पछिल्लाे अवस्था:
संक्रमित संख्या |
निकाे भएकाे |
मृत्यु संख्या |
कुल परीक्षण संख्या |
२९५ |
३६ |
२ |
९२,४४० |
बाँकेको नरैनापुरको एक क्वारेन्टिनमा मृत्यु भएका युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले क्वारेन्टिनमा मृत्यु भएका बाँकेको नरैनापुरका युवाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका हुन्।
बैशाख ३० गते भारतबाट आएका उनलाई बाँकेको नरैनापुर गाउँपालिका–५को भगवानपुरस्थित दीपेन्द्र प्रावि क्वारेन्टिनमा राखिएको थियो। उनको आइतबार बिहान साढे ६ बजे अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।
यसअघि, शनिबार सिन्धुपाल्चोककी एक सुत्केरीको कोरोना संक्रमणका कारण काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो।
नेपालमा आइतबारसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ।