नारायणी अस्पताल वीरगन्जको आइसोलेसन वार्डबाट फरार भएका दुईमध्ये एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइसोलेसन वार्डमा भर्ना भएका दुईजना संक्रमित बुधबार दिउँसो करिब ४ बजेको समयमा शौचालयको भेन्टिलेसन भाँचेर भागेका थिए ।
मंगलबार संक्रमण पुष्टि भएका दुबैजना शाैचालय जानेक्रममा भागेका हुन् ।फरार भएका बाँकी एक जनाकाे खोजी कार्य भइरहेको पर्सा प्रहरीले जनाएकाे छ।