नेपालगञ्ज र कपिलवस्तुमा कोरोना भाइरसका दुईजना संक्रमित थपिएका छन्।
बुधबार धुलिखेलस्थित धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका एक जनामा र काठमाडौैंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २१९ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार बाँके जिल्ला नेपालगन्ज ८ का ३६ वर्षीय पुरुष तथा कपिलवस्तु ५ का २२ वर्षीय पुरुषमा संक्रमण देखिएको हो।