रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको छ।
बाख्रा चराएर घर फर्कदै गरेका बालबालिका बम बिस्फोटमा परेका हुन्। बेबारिसे बम खेलाउँदा खेलाउँदै बालबालिकाको मृत्यु भएको रोल्पा प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा सातदेखि ११ वर्ष उमेरका तीन बालक र एक बालिका रहेको त्रिवेणी–२ का वडाध्यक्ष कविराज बुढाले जानकारी दिए । घटनास्थलमा बम पनि रहेकाले डिस्फोजका लागि दहवनस्थित नेपाली सेनाको टोली घटनास्थलतर्फ आउँदै गरेको वडाध्यक्ष बुढाले जानकारी दिए ।
घटना भएको प्रहरीले पुष्टी गरेको छ । घटना भएको जानकारी पाउने बित्तिकै प्रहरी टोली घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले बताए । के कति कारणले घटना भयो केही समयपछि थाहा हुने उनले जानकारी दिए।