प्रदेश न १ का सांसद बिन्दिया कार्कीको पहलमा विराटनगरस्थित कोशी अस्पतालमा बिरामी र तिनका परिवारलाई साँझको खाना खुवाउन शुरु गरिएको छ।
कोरोनाको जोखिमका कारण देश लकडाउनमा गएपछि कोशी अस्पतालमा अन्य रोगको उपचारमा आई भर्ना भएका बिरामीका आफन्त तथा कुरुवालाई खानाको समस्या भएपछि सोमबार साँझदेखि उनीहरुलाई खाना खुवाउन थालिाएको उनले बताइन्।
कार्कीका अनुसार अस्पतालको क्यान्टिनले समेत बिरामी बाहेककाहरुलाई माग भएजति खाना खुवाउन नसक्ने जनाउ दिएपछि बिरामी र कुरुवा समस्यामा रहेको थाहा पाएपछि खाना खुवाउन शुरु गरिएको हो। उनका अनुसार सोमबार साँझ २०० जनालाई खाना खुवाइएको थियो।
यो अभियानमा नेपाल मोरङ र तरुण दल विराटनगरले पनि साथ दिएका छन्। तरुण दलका जिल्ला अध्यक्ष संजय थापा, उपाध्यक्ष खेम थापा, कोषाध्यक्ष अनिल रिजाल, विराटनगर अध्यक्ष सन्तोष न्यौपाने र नेविसंघका पूर्व सहमहामन्त्री कृष्ण कार्की, लगायतले सहयोग गरेका छन्। पहिलो दिन अस्पतालमा खटिएका स्वास्थ्यकर्मीलाई पनि प्याक गरिएको खाना वितरण गरिएको सांसद कार्कीले जानकारी दिइन्।