नेपालमा थप एक जनामा काेराेना संक्रमित बिरामी भेटिएकाे छ । चैत ४ गते कतारकाे दाेहा हुँदै काठमाडाैं आएका एक व्यक्तिमा काेराेना पाेजेटिभ देखिएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकाेटाले जानकारी दिए ।
शुक्रराज सरूवा राेग अस्पतालमा नमूना परीक्षण गराएका ती व्यक्तिमा काराेनाकाे संक्रमण देखिएकाे प्रवक्ता डा देवकाेटाले नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिएका हुन् ।
संक्रमित व्यक्तिकाे बारेमा थप जानकारी भाेलि गराइने उनले बताए । यसअघि संक्रमित भएका ५ मध्ये एक जना निकाे भएर घर फर्किसकेका छन् भने ४ जना उपचारकै क्रममा रहेका छन् । अहिलेसम्म काेराेनाकाे संक्रमण हुनेमा सबैजना विदेशबाट आएका व्यक्ति रहेका छन् ।