बुटवलस्थित कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण नभएको प्रारम्भिक परीक्षणले देखाएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु स्रोतका अनुसार ती व्यक्तिको मृत्यु कोरोना संक्रमणले नभएको प्रारम्भिक प्रयोगशाला परीक्षणमा देखिएको हो।
श्रोतका अनुसार थप स्पष्ट हुन ती व्यक्तिको घाँटीको र्यालको नमुना दोस्रो पटक परीक्षण गरिने छ।
गत आइतबार दिउँसो १२ बजे बुटवलस्थित कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा उपचाररत स्थानीय बाबुराम थापा (३४) को मृत्यु भएको थियो।
त्यसपछि उनको र्यालको नमुना गत आइतबार परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं ल्याइएको थियो।