कोरोना भाइरसको संक्रमणपछि गरिएको लकडाउनबाट दैनिक ल्यालादारीबाट निर्बाह गर्दै आएका श्रमिकहरु मर्कामा परेपछि तिनीहरुका लागि सरकारले राहत प्याकेज घोषणा गर्ने तयारी गरेको छ।
दैनिक ज्यालादारीमा काम गर्ने र अति विपन्नलाई ध्यानका राखेर केही राहत प्याकेज घोषणा गर्ने तयारी गरेको हो। अहिले सबै परिस्थितिको आँकलन भइनसकेकाले समग्र आर्थिक राहत प्याकेज घोषणाभन्दा दैनिक गुजरा चलाउन समस्या हुनेहरुको हकमा केही व्यवस्था गर्न लागिएको बताइएको छ।
केही स्थानीय तहले वडा कार्यालयमार्फत विपन्न र दैनिक ज्यालादारी गर्नेहरुलाई खाना खाने व्यवस्था मिलाइरहेको र अन्यत्र पनि यसलाई प्रभावकारी बनाउन आवश्यक बजेट प्रबन्ध गर्ने तयारी भइरहेको छ।