नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। तीे स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार व्यक्ति प्रादेशिक अस्पताल धनगढीमा उपचाररत छन्।
दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए।
प्रवक्ता देवकोटाले संक्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन्।
यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।