गत चैत ६ गते एयर अरेबियाकाे विमानबाट युएई हुँदै नेपाल आएका धादिङ निवासी ३२ वर्षीया एक पुरुषमा ‘पोजेटिभ’ भेटिएको हाे । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ।
काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ भेटिएको हो। नेपालमा हालसम्म नमुना परीक्षण गरिएका ६८७ मध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले ती व्यक्ति कतारबाट नेपालाई आई होटेलमा बसेको र मङ्गलबार टेकु अस्पतलामा भर्ना भई परीक्षणका क्रममा पोजेटिभ देखिएको बताए । उनले विरामीसँग बसेका र सँगै आएकाको खोजतलास गरी क्वारेन्टाइनमा राखेर परीक्षण गराउन आफूहरु जुटेको बताए ।
आइतबार स्वास्थ्य मन्त्रालयले एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी गराएपछि सरकारले एकसाताका लकडाउनको घोषणा गरेको थियो।