विश्वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसको रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने ६८ जनालाई विभिन्न स्थानबाट मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ।
सम्झाई बुझाई गर्दा समेत अटेर गरी लकडाउन उल्लंघन गर्नेमध्ये कैलालीबाट ३१ जना, कपिलवस्तुबाट १४ जना, रुपन्देहीबाट ७ जना, झापाबाट ४ जना, सुनसरीबाट ४ जना, पर्साबाट ३ जना, सिरहाबाट २ जना, कञ्चनपुर २ जना र धनुषाबाट १ जना गरी २७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
साथै, लकडाउन उल्लंघन गरी सञ्चालन गरेका १ हजार ५७१ सवारी साधनलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।