‘लकडाउन’भनेको कर्फ्यु होइन।कतिपयलाई उस्तै उस्तै लागे पनि कर्फ्यु र ‘लकडाउन’ फरक कुरा हुन् ।
सुरक्षा बाहेकका अरु कारणले मानिसको ओहोरदोहोरमा रोक लगाउनु परे लकडाउन गरिन्छ । लकडाउन सङ्क्रामक रोग ऐन (२०२०) अनुसार केन्द्रीय सरकार तथा प्रदेश सरकारले गर्न सक्छ भने कर्फ्यु स्थानीय प्रशासन ऐन अनुसार जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले मात्र लगाउन सक्छ ।
लकडाउन कर्फ्यु जस्तो कडा नभएपनि ‘लकडाउन’ को आदेश पालना नगर्नेलाई कानुनी कारबाही हुन्छ ।