लामो दुरीमा चल्ने सवारी साधन आजदेखि बन्द भएका छन्। कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि सोमबारदेखि सरकारले लामो दुरीका सवारी साधन अनिश्चितकालका लागि बन्द गराएको हो।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले सबै अन्तर्राष्ट्रिय उडान पनि बन्द गराएको छ।
मन्त्रिपरिषद्को आइतबारको बैठकले चीन र भारतसँग जोडिएका नेपालका नाकाहरु एक साताका लागि बन्द गराएको छ।