७ दिनदेखि अनशनमा बसेका माडीका वडाध्यक्ष कृष्ण पौडेलले अनशन तोडेका छन् । नेकपाका अध्यक्ष प्रचण्डको आश्वासनपछि पौडेललाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जुस खुवाएर अनशन तोडाएकी हुन् ।
माडी जाने निकुञ्ज भित्रको सडक चौविसै घण्टा सञ्चालनमा ल्याउनु पर्ने र वन्यजन्तुको द्वन्द्व निवारण गर्नु पर्ने लगायतका ७ बुँदे माग राखेर पौडेल अनशनमा बसेका थिए ।अनशनका क्रममा स्वास्थ्य गम्भीर भएपछि उनलाइ भरतपुर अस्पताल भर्ना गरिएको थियो ।