भारतमा भएको बस दुर्घटनामा ६ नेपालीको मृत्यु भएको छ ।
भारतको तमिलनाडुमा कन्याकुमारीबाट राजस्थान जाँदै गरेको दुई बस एक आपसमा ठोक्किएर भएको दुर्घटनामा उनीहरूको मृत्यु भएको बताइएको छ । मृतको सनाखत हुन सकेको छैन ।दुर्घटना भएको बसमा ३४ जना नेपाली रहेको बताइएको छ।घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको छ।