नुवाकोटको पञ्चकन्या गाउँपालिका ४ थप्रेकमा बिहीबार बिहान बस दुर्घटना भएको छ । दुर्घटनामा डेढ दर्जन घाइते भएका छन् ।काठमाडौंका लागि छुटेको बा. २ ख. ६७४० नम्बरको बस थप्रेकको कुलकुले भट्टीडाँडामा दुर्घटनामा परेको हो ।
घटनास्थलमा उद्धार चलिरहेको इलाका प्रहरी कार्यालय पञ्चकन्याका हवलदार सन्तोष खड्काले जानकारी दिए।उद्धारमा प्रहरी र स्थानीय खटिएका छन्।
हवलदार खड्काले कान्तिपुरसित भने, 'हामीले अहिलेसम्म १४ घाइतेको उद्धार गर्यौं, जसमध्ये ३ जना सख्त घाइते छन्।' उनका अनुसार एम्बुलेन्स उपलब्ध नभएपछि घाइतेलाई पञ्चकन्या गाउँपालिकाको गाडी र केहीलाई मिनिट्रकमार्फत उक्त गाउँपालिकाको वडा नं ३ घलेभन्ज्याङमा रहेको स्वास्थ्य चौकीमा लगिएको छ। सख्त घाइतेलाईभने काठमाडौं पठाइएको छ।
दुर्घटनामा थप्रेक आरुखर्ककी ७५ वर्षीया इन्दिरा खतिवडा,५५ वर्षीयमंगलबहादुर तामाङ,१७ वर्षकाअनिल तामाङ, रामेश्वर खतिवडा, लालवीर तामाङ लगायत घाइते भएका छन्।